काठमाडौं – शिखर इन्सुरेन्सले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ८.४३% ले वृद्धि गरी ३३ करोड ६२ लाख ४२ हजार रुपैयाँ कमाएको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ३१ करोड १ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको खुद बिमा शुल्क १.२०% ले बढेर १ अर्ब २४ करोड ३६ लाख २२ हजार रुपैयाँ पुगेको छ । गत वर्ष खुद बिमा शुल्क १ अर्ब २२ करोड ८८ लाख ५९ हजार रुपैयाँ रहेको थियो । पुनर्बिमा कमिशन आय २५ करोड ७७ लाख ६ हजार रुपैयाँबाट बढेर २८ करोड २४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिसम्ममा ७४ करोड १० लाख ७१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने ८० करोड ८२ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी हुन बाँकी रहेको छ ।
यो तेश्रो त्रैमाससम्ममा कम्पनीले बिमा कोष २८.३५% ले बढाएर १ अर्ब १ करोड ९३ लाख १३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष बिमा कोषमा ७९ करोड ४ लाख ३७ हजार रुपैयाँ थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोेड ७३ लाख १० हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४१ करोड ९ लाख १३ हजार रुपैयाँ जम्मा भएको छ । साथै, महाविपत्ति जगेडा कोषमा ५ करोड २९ लाख ५७ हजार रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३३ पैसाले बढेर ४२ रुपैयाँ ९९ पैसा पुगेको छ । गत वर्ष प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ६६ पैसा थियो । शिखरको प्रतिसेयर नेटवर्थ भने २४० रुपैयाँ २७ पैसा छ ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्