- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा ११.६२% ले बढाएर १ अर्ब ७३ करोड ४४ लाख ७८ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष १ अर्ब ५५ करोड ३७ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकले खुद ब्याज आम्दानी २ अर्ब ५५ करोड ६० लाख २७ हजार रुपैयाँ कमाएको छ । यो गत वर्षको तुलनामा ६.५१% ले बढेको हो । गत वर्ष २ अर्ब ३९ करोड ९६ लाख ४३ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा पनि ११.७९% ले बढाएर २ अर्ब ४६ करोड ९८ लाख १७ हजार रुपैयाँ पुर्याएको छ । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेर खुद नाफा वृद्धि भएको देखिन्छ ।
यो तेश्रो त्रैमाससम्ममा बैंकले ७० अर्ब ८१ करोड ३० लाख ३० हजार रुपैयाँ निक्षेप संकलन गरी ५३ अर्ब ४६ करोड २३ करोड ५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष ४ अर्ब ५१ करोड १० लाख २९ हजार रुपैयाँ जम्मा गरेको छ ।
बैंकको खराब कर्जा ०.२०% रहेको छ भने प्रतिसेयर आम्दानी २८ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ १८ पैसा छ ।





Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्