काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले खुद नाफा २१%ले बढेर २८ करोड ५५ लाख १० हजार रुपैयाँ कमाएको छ । गत वर्ष संस्थाले २३ करोड ५९ लाख ५७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश: २२.९४% र २१.३०% ले बढेको छ । संस्थाको खुद नाफा ७६ करोड ९० लाख २४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्ष यसले ६२ करोड ५४ लाख ९७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै, सञ्चालन नाफा ३६ करोड ८९ लाख ८३ हजार रुपैयाँबाट बढेर ४४ करोड ७५ लाख ९४ हजार रुपैयाँ बनाएको छ ।
यो तेश्रो त्रैमाससम्म आउँदा संस्था ७ अर्ब ७६ लाख ५६ हजार रुपैयाँ निक्षेप संकलन गरेर १३ अर्ब १३ करोड ४९ लाख ४५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । संस्थाको चुक्ता पुँजी ६२ करोड ८८ लाख ८८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष २१.१४% ले बढेर ९८ करोड ७९ लाख ७४ हजार रुपैयाँ पुगेको छ । गत वर्ष संस्थाको जगेडा कोषमा ८१ करोड ५५ लाख १६ हजार रुपैयाँ रहेको थियो ।
यो संस्थाको खराब कर्जा ०.९२% रहेको छ भने प्रति सेयर आम्दानी ६० रुपैयाँ ५३ पैसा र प्रतिसेयर नेटवर्थ २५७ रुपैयाँ १० पैसा रहेको छ ।