काठमाडौं – तारागाउँ रिजेन्सी होटलले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा २९.४७% ले वृद्धि गरी ३५ करोड ६५ लाख ७६ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष कम्पनीले २७ करोड ५४ लाख ५ हजार ७ सय ८ रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीले सेवा बिक्री मार्फत १ अर्ब ४ करोड ४८ लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ । गत वर्ष तारागाँउले सेवा बिक्रीबाट ९१ करोड ५७ लाख ६८ हजार ४२७ रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ७७ करोड ७७ लाख ७९ हजार रुपैयाँ जम्मा गरेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ३ पैसाले बढेर १८ रुपैयाँ ९० पैसा पुगेको छ । तारागाँउको प्रतिसेयर नेटवर्थ १४६ रुपैयाँ ७७ पैसा छ । गत वर्ष यही बेला प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६० पैसा थियो ।




Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्