
रुपन्देही – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले एनआईसी एशिया बैंकमा नै खाता खोल्न आफ्ना मातहतका निकायहरुलाई परिपत्र गरेको र यसमा त्यहाँ रहेका अन्य बैंकरहरुले असन्तुष्टि देखाएको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि नगरपालिकाले आफ्नो बोली फेरेको छ । नगरपालिकाले मंगलबार एक प्रेस बिज्ञप्ति जारी गर्दै अर्थ सरोकार डिजिटल पत्रिकामा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै पायक परेको खण्डमा मात्र एनआइसी एशिया बैंकमा खाता खोल्दा हुने र अन्य बैंकसँग कारोबार गर्न नपाइने भन्ने नभएको दावी गरेको छ ।
नगरपालिकाले जारी गरेको बिज्ञप्तिको बुँदा नम्बर २मा भनिएको छ, ‘सो परिपत्रको आशय श्री एनआइसी एशिया बैंकबाहेक अन्य बैंकमा खाता खोल्न पाईदैन भन्ने नरहेकाले सोहिअनुसार बुझ्नुहुन सम्पूर्ण नगरबासी, सामुदायिक विद्यालय , नगरपालिका मातहतका निकाय एवम् सम्बद्ध सबैलाई अनुरोध गर्दछौं ।’
यसअघि नगरपालिकाले एनआइसी एशिया बैंकको आफ्नो पायक पर्ने शाखामा खाता खोल्न परिपत्र गरेको थियो।
हेर्नुहोस् नगरपालिकाको प्रेस बिज्ञप्ति

हेर्नुहोस् नगरपालिकाले प्रेषित गरेको पत्र

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्