काठमाडौं – वेष्टर्न डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफा १८.९०%ले वृद्धि गरी ७ करोड ३६ लाख ४९ हजार रुपैयाँ पुर्याएको छ । गत वर्षको यहि अवधिमा बैंकले ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी १५.०५%ले बढेर १३ करोड १९ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको खुद ब्याज आम्दानी ११ करोड ४७ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो । त्यस्तै गरी, सञ्चालन नाफा पनि १८.९०% ले वृद्धि भएको छ ।संस्थाको सञ्चालन नाफा ९ करोड ७३ लाख ३१ हजार रुपैयाँबाट बढेर बढाएर ११ करोड ५७ लाख ३४ हजार पुर्याउन सफल भएको छ ।
यो चैत मसान्तसम्मम बैंकको चुक्ता पुँजी ५० करोड ४० लाख ६८ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५ करोड १७ लाख ४८ हजार रुपैयाँ छ । बैंकको खराब कर्जा भने खे सुधार भएको छ । बैंकको खराब कर्जा १.६७% बाट घटेर ०.७५% आएको हो । बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ ८७ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्