Skip to content
LAXMI SUNRISE BANK

फर्दाफास : कन्काई बिकास बैंकमा कर्मचारीको राजीनामा स्वीकृत गर्न सीईओले मागे २ लाख (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । प्राइमसँग मर्जरको सम्झौता गरेको कन्काई बिकास बैंकका सीइओले गत बैशाखमै आफुले बैंक चलाउन नसक्ने बताएको खुलासा भएको छ । बैंक स्रोतबाट अर्थ सरोकार डटकमलाई प्राप्त भएको गोप्य अडियो रेकर्डमा उनले आफुले अव बैंक चलाउन नसक्ने बताएको स्पष्ट सुनिन्छ । कन्काई बिकास बैंकले पटक पटक अनुचित ट्रान्सफर गरिदिएको, काम गर्ने वातावरण नभएको भन्दै कर्मचारीहरु अन्य बैंकमा जान लाइन नै लागेर राजीनामा बुझाउन थालेपछि उनले राजीनामा स्वीकृत नगरी ती कर्मचारीहरुलाई बोलाएर थर्काउने क्रममा यस्तो बताएका हुन् । 

उक्त बैठकमा बैंकका सीइओ र एचआर हेड मिलेर कर्मचारीहरुलाई थर्काएको अडियो रेकर्डमा सुन्न सकिन्छ । बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश मान बज्रचार्य र एचआर प्रमुख भरत खनालले कर्मचारीहरुलाई थर्काएका हुन् । ‘तिमीहरु घानाको बैंकमा त जाँदैनौ नि ! कि अफ्रिकामा जान्छौ ? बोल्दा विचार गरेर बोल । यहाँ मैले कुन बैंकको सीइओ चिन्दिन ? कुन बैंकको डेपुटी सीइओ चिन्दिन ? म यहाँबाट तिम्रो सीइओलाई कल गरिदिन सक्छु ।’ राजीनामा स्वीकृत गर्न आएका कर्मचारीहरुलाई थर्काउँदै एचआर प्रमुख खनालले भनेका छन् ।
‘तिमीहरुको राजीनामा स्वीकृत गर्दिन । सीइओले चाह्यो भने तिमीहरुको राजीनामा स्वीकृत नै हुँदैन ।’ सीइओले बोल्दै गर्दा एचआर प्रमुखले भनेका छन्, ‘तिमीहरुको करियर नबिगारौं भनेर मात्र हो । अव, तिमीहरु यस्तो यो (राजीनामा) लिएर आयौ भने त बिगार्नु त पर्यो ।’ यसै क्रममा सीइओले इमोसनल ब्ल्याकमेल गर्नसमेत खोजेको कर्मचारीहरुको आरोप छ । ‘मैले त बैंक चलाउन सक्दिन अव । भोलि यहाँ सटर खोल्नुपर्छ । तिमीहरुले यसरी लाइनका लाइन राजीनामा दिएपछि बैंकको हालत के हुन्छ ? तिमीहरुको मात्र करियर हो ?’ उनले भनेका छन् । उनले कर्मचारी हप्काउने नाममा ‘अर्काको आमाको दुध चुस्न जाने ?’ जस्ता शब्दहरु पनि प्रयोग गरेका छन् ।
‘बैंकलाई अफ्ट्यारो पारेका छैनौँ । हाम्रो पनि करियर छ । बैंकलाइ अफ्ट्यारो पार्दैनौं । राजीनामा स्वीकृत गरिदिनुहोस्’ भनेर कर्मचारीले अनुरोध गर्दा सीइओले भनेका छन् । ‘राजीनामा अहिले स्वीकृत हुँदैन तिमीहरुलाई कस-कसले सिकाएको होला । भएन भने कुन कुन पत्रिकामा जाउ भनेर । तिमीहरुको करियर के हुन्छ हेर्दै जाउ ।’
हेरौँ गोप्य अडियो रेकर्डसहितको यो टेलिभिजन कार्यक्रम 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK