×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसबीआई बैंकमा चेक बाउन्स काण्ड : २३ लाख रुपैयाँको चेक नसाटिएपछि पक्राउ परे खड्का

PRIME CA

एसबीआई बैंकमा चेक बाउन्स काण्ड : २३ लाख रुपैयाँको चेक नसाटिएपछि पक्राउ परे खड्का

५ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – बैकिङ कसुरको अभियुक्त प्रमोद कुमार खड्कालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले पक्राउ गरेको छ ।
ब्यूरोका अनुसार नेपाल एसबिआई बैंक गोंगबु शाखाको २०११५२४१४ नम्बर खाताको २३ लाख रुपैयाँको पैसा नभएको चेक प्रशान्त जैसवाललाई २०७४ कात्तिक ११ गतेको लागि काटेका थिए । सो मितिमा काटेको चेकमा नगद नभएको कारण साटिएको थिएन । 
खड्काले आफुले सापटी लिएको पैसा तिर्न नसकेपछि जैसवालले दिएको जाहेरीका आधारमा ब्यूरोले खड्कालाई असार ३ गते चक्रपथबाट पक्राउ गरेको हो । यस अघि पनि बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले खड्कालाई वैशाख १६ गते १ महिना कैद र २३ लाख जरिवाना हुने ठहर भएको थियो । त्यसपछि फरार भएका खड्कालाई उक्त फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेको बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: