Skip to content
LAXMI SUNRISE BANK

१८ लाख अवैध नगदसहित दुई जना नियन्त्रणमा

अर्थ सरोकार

पर्सा – जिल्ला प्रहरी कार्यालय पर्साले स्रोत नखुलेको १८ लाख रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बिहारको मोतिहारी थाना रक्सौल ग्राम पञ्चायत वडा नम्बर १३ मा बस्ने महेश दासका २० वर्षीय छोरा रञ्जन दास र वडा १७ भैसडामा बस्ने रघुनाथ यादवका २९ वर्षीय छोरा बाला यादव रहेका छन् ।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले बुधबार दिउँसो उनीहरूले चलाएर आएका ना २५ प ३८५६ र ना ५८ प ८८३९ मोटरसाइकल चेकजाँच गर्दा छुकाइछिपाइ ल्याएको अठार लाख रुपैयाँ र ५ हजार ५० भारु बरामद गरेको हो । उनीहरूलाई मोटरसाइकलसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK