×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘आगामी आर्थिक वर्ष भित्रै मुलुक विधुतमा आत्मनिर्भर हुन्छ’- अर्थमन्त्री युवराज खतिवडा (भिडियो रिपोर्ट)

PRIME CA

‘आगामी आर्थिक वर्ष भित्रै मुलुक विधुतमा आत्मनिर्भर हुन्छ’- अर्थमन्त्री युवराज खतिवडा (भिडियो रिपोर्ट)

२४ जेष्ठ २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष भित्रै मुलुक विधुतमा आत्मनिर्भर हुने दाबी गर्नु भएको छ । अर्थमन्त्री खतिवडाले उत्पादन वृद्धि गर्दै मुलुकका बढ्दो व्यापार घाटालाई कम गर्दै लैजाने योजना आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको पनि स्पष्ट पार्नुभयो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उत्पादन वृद्धि गर्ने, निर्यात व्यापारलाई बढाउँदै लैजाने विधिबाटै व्यापार घाटालाई कम गर्न सकिने पनि दोहो¥याउनु भयो । अर्थमन्त्री खतिवडाले मुलुकको व्यापार घाटा कम हुने गरी उत्पादन वृद्धि गर्न केन्द्रित हुन पनि प्रदेश र स्थानीय तहलाई पनि आग्रह गर्नुभयो ।
अर्थमन्त्री खतिवडाले जनताको अपेक्षालाई सम्बोधन गर्न पनि वृद्ध भत्तासहितका सामाजिक सुरक्षा भत्तालाई बढाउनु परेको पनि स्पष्ट पार्नुभयो । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: