
काठमाडौँ – रजिस्टर्ड अडिटरहरुको संगठन नेपाल अडिटर्स एसोसीएसन (अडान)को अध्यक्षमा पुन: मोहन राज रेग्मी निर्वाचित भएका छन् । अडानको पाचौँ महाधिवेसनबाट उनी अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् । हाल लेखापरीक्षण पेशामा नरहेपनि रेग्मी समग्र आइक्यानकै ‘माष्टरप्लानर’का रुपमा चिनिन्छन् । आइक्यानमा कसलाई अध्यक्ष बनाउने भन्ने निर्णायक ४ मतकासमेत निर्णयकर्ता रहेका रेग्मी लगातार तेश्रो कार्यकालका लागि अध्यक्ष बनेका हुन् । अहिले पनि आइक्यानमा अध्यक्ष बन्न होस् वा कुनै पनि विशेष एजेन्डा पास गर्न रेग्मीकै अनौपचारिक स्वीकृति चाहिने गरेको छ ।
एक व्यक्ति एक पेशा कार्वनयन मिति पर सार्नुपर्छ : रेग्मी
महाधिवेसनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा उनले एक व्यक्ति एक पेशा कार्वनयनको मिति अझै पर सार्नुपर्ने बताएका छन् । ‘एक व्यक्ति एक पेशा पर सार्नुपर्छ भनेर प्रेस बिज्ञप्तिमा लेखिएको रहेछ । यस्तो रेडिमेड माग कहिलेसम्म ?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘अझै पनि देशभरका सबै ठाउँमा लेखापरीक्षण हुने अवस्था छैन । त्यसैले पनि एक व्यक्ति एक पेशा कार्वनयनको मिति सर्नुपर्छ ।’ साथै उनले एक व्यक्ति एक पेशा तत्काल कार्वनयनमा आए धेरै निकाय, फर्म तथा कम्पनीको लेखापरिक्षण हुन नसक्ने दावी समेत गरेका छन् । उनकै नेतृत्वमा एक व्यक्ति एक पेशा कार्वनयन मिति थुप्रै पटक सरिसकेको छ ।
पटक-पटक रेग्मीकै नेतृत्व किन ?
यो प्रश्नको उत्तर सहज छ । अडानमा रेग्मीजतिको ‘पोलिटिकल पावर’ भएको व्यक्ति नै छैन भन्दा पनि हुन्छ । हालका प्रधानमन्त्री केपी शर्मा ओली निकट रेग्मी आवश्यक पर्दा आइक्यान हल्लाउने हैसियत राख्छन् । आइक्यानमा आरएहरुलाई यति धेरै बलियो बनाउन उनले जतिको भूमिका कसैले पनि खेल्न सकेका छैनन् । यतिबेला एक व्यक्ति एक पेशाको कार्वनयन मिति आउँदैछ । यसलाई सार्न पनि उनको नेतृत्व आवश्यक थियो । र यहि रणनीति अनुसार पनि उनी अध्यक्ष बनेका छन् । अडानमा उपल्लो हैसियतमा धेरै नेता नरहेकाले पनि सबैको पालो आउने नै छ भन्ने हिसावले पनि रेग्मीले चाहेपछि नेतृत्वमा अरुले दावी गर्न सकेनन् । भित्रभित्रै केहि खिचडी पकाउन खोजिएपनि रेग्मीले अध्यक्ष बन्न चाहेपछि कसैले अडान हल्लाउन सक्ने स्थिति थिएन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्