काठमाडौँ – नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हन्सराज हुलासचन्द एण्ड कम्पनीले मोरङको बिराटचोकमा पूर्ण सुविधा सहितको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । मोरङका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले एचएच बजाजले आफ्नो सञ्जाल बढाउँदै बिराटचोकमा नयाँ शोरुम ‘मनकामना अटोमोबाईलस्’ सञ्चालन गरेको हो ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस्, सेल्स्, सेवा तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ । यसैको माध्यमबाट एचएच बजाजले देशभर आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ । एचएच बजाजले देशभरका ग्राहकहरुलाई थप सुविधा सहित गुणस्तरीय तथा छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ ।
नयाँ शोरुम शुभारम्भ गर्दै एचएच बजाजका जेनेरल म्यानेजर योगेन गुरुङले भने, ‘हामी मोरङको बिराटचोकमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा अत्यन्तै खुसी छौं । ग्राहकहरुको बढ्दो मागकै कारण हामीलाई बिराटचोकमा नयाँ शोरुम संचालन गर्न उत्साहित बनाएको हो । यो विस्तारसँगै मोरङका ग्राहकहरु विभिन्न माध्यमबाट लाभान्वित हुनेछन् ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्