सरकारले जेठ २२ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ । मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुलफित्रको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो ।
सरकारले मुस्लिम धर्मगुरुहरुले गरेको सिफारिसमा एक दिन ईदको सार्वजनिक विदा दिने निर्णय गरेको थियो । सोहि आधारमा मंगलबार मुस्लिम आयोगले बुधबारको लागि विदा दिन सरकारलाई सिफारिस गरेको हो ।