×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बिज्ञापन बहस-१ : ‘आनकै नेताका एजेन्सीले यसरी गति छाड्छ, भारतीय विज्ञापन चोर्छ र ‘उत्कृष्टता’को हौवा पिटाउँछ’ (भिडियो)

काठमाडौँ- नेपाली बिज्ञापन बजारमा हुने गरेका विभिन्न खालका विकृतिलाई उजागर गर्ने प्रयासस्वरूप अर्थ सरोकार डटकमले आजबाट ‘बिज्ञापन-बहस’ सुरु गरेको छ । यसको उद्देश्य बिज्ञापन क्षेत्रका समस्या, विकृति र खराब पक्ष उजागर गर्ने हो भने राम्रा पक्षलाई प्रोत्साहन गर्ने हो । र आजको अंकमा हामी नेपालमा बन्ने चोरीको विज्ञापनका बारेमा चर्चा गर्दैछौँ । त्यो पनि नेपाल बिज्ञापन संघका नेता नै मालिक भएको विज्ञापन एजेन्सीको काम ।

अलिअलि कतैबाट ‘इन्स्पायर’ हुनु सामान्य होला, तर नेपाल र नेपालीकोनै बेइज्जत हुनेगरी अरुको नक्कल गर्नु पक्कै राम्रो होइन । बृज सिमेन्टको हकमा भने त्यस्तै भएको छ । थुप्रै समयदेखि उसले टेलिभिजनमा बजाईरहेको विज्ञापन एक भारतीय विज्ञापनबाट हु-बहु सारिएको तथ्य अर्थ अरोकार डटकमले फेला पारेको छ ।

अझ दु:ख लाग्दो र लाजमर्दो कुरा त के छ भने यसरी चोरीको विज्ञापन बनाउने ‘चोर-एजेन्सी’का मालिक भने बिज्ञापन संघकै नेता हुन् । बिज्ञापन बजारसम्बन्धि ठुला ठुला कुरा गर्ने आफैंले बनाएको विज्ञापन भने यति लाजमर्दो छ कि मानौँ उक्त एजेन्सीसँग क्रिएटिभ टिम नै छैन । बस् अरुको हेर्यो, चोर्यो, बनायो । अझ हाम्रो एजेन्सीले यस्तो ‘उत्कृष्ट विज्ञापन बनाएको छ’ भनेरसमेत हौवा पिटाउन पछि पर्दैनन् एजेन्सीहरु । हेरौँ यो भिडियो रिपोर्ट :    

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: