काठमाडौं – बुद्धभूमि हाइड्रोपावर कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले यस आइपिओको क्रेडिट रेटिङ पनि गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बुद्धभूमिको आइपीओलाई औसत भन्दा कम आधार जनाउने ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।
कम्पनीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । हाल यस हाइड्रोपावर आयोजनाको कुल लागत ९८ करोड ३६ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत भने १९ करोड ७० लाख रुपैयाँ छ । यसले ४.९९३ मेगावटको लोवर टाडी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।
नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर स्वीकृति पाए पश्चात आइपीओ निष्कासन प्रक्रिया सुरु हुनेछ । बुद्धभूमि हाइड्रोपावर लिमिटेड सन् २००७ मा स्थापना भएको कम्पनी हो । हाल सम्म यसको ६०% भौतिक प्रगति भएको कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्