काठमाडौँ – साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । यो सुनको वृद्धि अहिलेसम्म कै उच्च वृद्धि रहेको छ । बिहिबार प्रति तोला ६४ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज १ हजारले बढेर प्रति तोला ६५ हजार मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५५ हजार ७ सय ५० रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ ।