×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको निर्देशनमा गाडीभाडा बढाउने निर्णय फिर्ता (बिज्ञप्तिसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रधानमन्त्रीको निर्देशनमा गाडीभाडा बढाउने निर्णय फिर्ता (बिज्ञप्तिसहित)

Artha Sarokar

३० जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सरकारले सार्वजनिक यातायातको भाडा बनाएको ५ घन्टा नवित्दै निर्णय फिर्ता लिएको छ । विभागले देशभरको नयाँ भाडादर समेत सार्वजनिक गरिसकेको थियो । तर वैज्ञानिक भाडा समायोजन गर्न भन्दै निर्णय स्थगन गरिएको छ । 
यातायात व्यवस्था विभागका निर्देश प्रेमनाथ सिंहले थप छलफल गर्नका लागि निर्णय फिर्ता लिएको बताएका छन् । भाडा बढाउने निर्णय भए लगतै प्रधानमन्त्री कार्यालयले चासो देखाएको थियो । भाडा बढेको निर्णय आउने बित्तिकै विदेशमा रहेका प्रधानमन्त्रीले उक्त निर्णय फिर्ता लिन निर्देशन दिएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी