काठमाडौँ – गरिमा विकास बैंक लिमिटेडले आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन भएको छ । उक्त शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञान प्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गरेका छन् ।
कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालज्यूले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गईरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारणबाट यस क्षेत्रमा थप शाखाहरु खोल्न सदैव उत्प्रेरित भैरहेको बताए । त्यसैगरी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले विकास बैंकले ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहेकोे जानकारी दिए ।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौँ उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्