Skip to content
LAXMI SUNRISE BANK

साना तथा घरेलु उद्योगीहरुले राखे यस्तो माग, भन्छन्, ‘सरकारले नयाँ प्रविधिको व्यवस्था गरिदिनुपर्यो’ (भिडियो)

अर्थ सरोकार

काठमाडौँ । घरेल तथा साना उद्योगीहरुले उद्यम विकासका लागि आवश्यक प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘३० औं राष्ट्रिय लघु घरेलु तथा साना औद्योगिक प्रर्दशनी–२०७६’ मा सहभागी भएका घरेलु तथा साना उद्यमीहरुले नेपालको कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि आवश्यक नयाँ प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गरेका  हुन् । मुलुकको कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि आवश्यक प्रविधिको विकासमा जोड दिन सरकारसँग माग गर्नु परेको नेपाल घरेलु तथा साना उद्योग महासंघका उपाध्यक्ष सूर्यबहादुर कँडेलले जानकारी दिनु भयो । महासंघले मुलुकलाई समृद्ध बनाउन, रोजगारीको अवसर सृजना गर्न नेपाली उद्यमको प्रवद्र्धनमा लाग्न पनि सरकारलाई सचेत गराउँदै आएको छ ।
नेपाल सरकारको उद्योग विभाग तथा महासंघको संयुक्त आयोजनामा बुधबारबाट सुरु भएको प्रर्दशनी पनि स्वदेशी बस्तुको प्रवद्र्धन गर्ने उद्देश्यका आयोजना गरिएको हो । ५ दिनसम्म चल्ने प्रर्दशनीमा ७७ वटै जिल्लाका घरेलु उत्पादनहरुको करिव २ सय वटा स्टलहरु राखिएका छन । प्रर्दशनीको १ लाख ५० हजारभन्दा बढिले अवलोकन गर्ने तथा ५ करोड बढि आर्थिक कारोबार हुने अपेक्षा गरिएको पनि महासंघका उपाध्यक्ष एवम् प्रर्दशनी आयोजक समितिका संयोजक कँडेलले बताउनुभयो । 
हेर्नुहोस् भिडियो :
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK