
काठमाडौँ – संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने संकेत गर्नुभएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने विषय प्रधानमन्त्रीसँग नीहित हुने पनि स्पष्ट पार्नुभयो । बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्री परिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने र त्यसको अधिकार प्रधानमन्त्रीसँग मात्रै रहेको पनि बताउनुभयो । मन्त्री बास्कोटाले प्रधानमन्त्री केपी ओलीले महशुस गर्नसाथ मन्त्रीपरिषद पुनर्गठन हुन सक्ने पनि बताउनुभयो । यो अधिकार प्रधानमन्त्रीमा नीहित रहेकाले आफूले त्यसबारे बोल्न नमिल्ने पनि उहाँले पटक पटक दोहो¥याउनु भयो ।
मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर समाचार माध्यामले समाचार बनाउनु पनि बेकार हुने बताउनु भयो । उहाँले क्लिन फिड’ लागू गरेरै छाडने दृढता पनि व्यक्त गर्नु भयो । संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुने उहाँको दाबी छ । हेर्नुहोस् भिडियो:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्