×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूचना प्रविधि सम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई मन्त्री गोकुल बास्कोटाको निर्देशन (भिडियोसहित)

PRIME CA
GLOBAL IME BANK

सूचना प्रविधि सम्बन्धी विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई मन्त्री गोकुल बास्कोटाको निर्देशन (भिडियोसहित)

६ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सूचना प्रविधिसम्बन्धि विधेयक तत्काल पारित गर्न संसदीय समितिलाई दवाव दिनु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री बास्कोटाले संघीय संसदको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा सो विधेयक तत्काल पारित गर्न समितिका सदस्यहरुलाई दवाव दिनु भएको हो । उहाँले सरोकार नै नभएको सो विधेयकसँग पत्रकारहरुलाई समितिका सदस्यहरुले जोड्ने गरेको भन्दै आपत्ति पनि जनाउनुभयो । समितिको बैठकमा प्रेस स्वतन्त्रतामाथि हनन् हुने गरी सो विधेयक ल्याएको भन्दै सरकारको चर्को आलोचना हुँदै आएको छ । मन्त्री बास्कोटाले भने यो विधेयकको पत्रकारहरुसँग कुनै सरोकार नै नभएकाले त्यसलाई पत्रकारहरुसँग जोडेर नहेर्न पनि समितिका सदस्यहरुलाई पटक–पटक आग्रह गर्नुभयो । उहाँले २ महिना लगाएर छलफल गर्दा पनि सो विधेयकलाई टुंगोमा पु¥याउन नसकेको भन्दै समितिप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो । 
मन्त्री बास्कोटाले सामाजिक संजालका कारण पीडितहरुको संख्या बढदै गएपछि त्यसलाई न्यूनिकरण गर्ने गरी कानुनी व्यवस्था गर्न लागिएको पनि स्पष्ट पार्नुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: