
त्यस्तै गरि चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बुधबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार १ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।
यता सुनको मूल्य अझै बढ्ने संकेत देखिएको छ । सरकारले बजेटमार्फत सुनको भन्सार शुल्क बढाएपछि सुनको भाउमा अझै बढोत्तरी हुने देखिएको हो । सरकारले प्रति १० ग्राम सुनको मूल्य ८५० रुपैयाँले बढाएको थियो ।