काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य बढेको छ । बुधबार प्रति तोला ६२ हजार मुल्यमा कारोबार भइरहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला ६२ हजार ३ सय मूल्यमा कारोबार भईरहेको छ ।
त्यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार ४ सय १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १३ रुपैयाँ कायम गरेको छ ।