×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सुदुरपश्चिमको हावाहुरी अपडेट : घाइते हुनेको संख्या १०० नाघ्यो, अस्पतालहरु खचाखच !

धनगढी । कैलाली र कञ्चनपुरमा आएको हावाहुरीका कारण ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार सेती अञ्चल अस्पतालमा हावाहुरीका कारण ११ जना भन्दा बढी घाइते भएका छन् । धनगढीसँगै जोडिएको डोकेबजारमा हावाहुरीले उडाएको ग २ प ८७२० नम्बरको पिकअप महिन्द्रा जीपका चालक र सहचालक दुबैजना घाइते छन् । कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरी नेतृत्वको प्रहरी टोलीले दुबैजनाको उद्धार गरी सेती अञ्चल अस्पताल पुर्याएको छ ।
घाइतेहरुको संख्या १०० नाघेको छ । सेती अन्चल अस्पताल, निशर्ग अस्पताल, माया मेट्रो र पद्मा अस्पतालमा घाइतेहरुको उपचार भईरहेको छ । 
हुरीले रुखहरु ढालेको छ भने घरका छानाहरु उडाएको छ । हुरीका कारण डेढ दर्जन बढी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी सुदीप गिरीले थप मानवीय क्षतिको विवरण आउन बाँकी रहेको जानकारी दिएका छन् । यता कञ्चनपुरमा पनि हुरीको व्यापक प्रभाव परेको छ । हुरीका कारण घाइते भएका ८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । अहिले हुरी रोकिएको छ भने पानी परिरहेको छ । हुरीबाट एक बैंकर पनि घाइते भएका छन् । एक वाणिज्य बैंकको कंचनपुर शाखामा काम गर्ने बैंकरको शरीरमा चोट लागेको छ । 
कैलाली र कञ्चनपुरमा अहिलसम्मकै ठूलो बेगको हावाहुरी आएको अनुमान गरिएको छ ।

 

 

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: