काठमाडौं – सिंगटी हाइड्रो इनर्जी लिमिटेडको ४३ लाख ५० हजार कित्ता आइपीओ जारी गर्ने भएको छ । कम्पनीले उक्त आइपिओ जारी गर्नको लागि क्रेडिट रेटिङ गराएको छ । कम्पनीको आइपिओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ ।
यस हाइड्रोपावर आयोजनाको कुल लागत ४ अर्ब ७५ करोड २ लाख रुपैयाँ रहेको छ । प्रतिमेगावट लागत भने १९ करोड रुपैयाँ छ । कम्पनीले १०० रुपैयाँका दरले ४३ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्न लागेको हो । सिंगटीले आइपीओका लागि रेटिङ गरे पनि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन् ।
हाल यस हाइड्रोले २५ मेगावटको आयोजना दोलखा जिल्लामा निर्माण गरिरहेको छ । २०१० मा स्थापना भएको उक्त कम्पनीको आइपीओ निष्काशनपछि संस्थापक र सर्वसाधारणको पुँजी संरचना ७०ः३० हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्