काठमाडौं – इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको ६ लाख ४० हजार ३०० कित्ता आइपीओ बुधबार बाँडफाँट भएको छ । बाँडफाँट भएको आइपिओमा ६२ हजार ९ सय ९३ जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छन् । यो आइपीओमा ३ लाख २९ हजार ७९ जनाले ६९ लाख २९ हजार ९१० कित्ताका लागि रीतपूर्वक आवेदन दिएका थिए भने ६२७ जनाको १७ हजार २४० कित्ता आवेदन भने रद्द भएको छ ।
इन्फिनिटीले कुल ६ लाख ४० हजार ३०० कित्ता सेयर बिक्री खुला गरेको हो । कुल निष्काशन गरेको आइपिओ मध्ये १० हजार ३७० कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ भने बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका हुन् । कम्पनीले कुल ६ लाख ७४ हजार कित्ता सेयरमध्ये ३३ हजार ७०० कित्ता म्युचुअल फन्डहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयर कर्मचारी र सर्वसाधारणलाई बिक्री गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्