![](https://1.bp.blogspot.com/-S7PREHklH3o/XQdLDCU9s_I/AAAAAAABNDk/pOERNbTUVEcICoa9ix3pgtM2_6z4i89DgCLcBGAs/s640/kumari-B.jpg)
काठमाडौँ – कुमारी बैंकमा ४ जना सेयरधनी निर्विरोध निर्वाचित भएका छन् । जेष्ठ ३१ गते भएको साधारण सभामा संस्थापक सेयरधनीबाट २ जना र सर्वसाधारण सेयरधनीबाट २ जना निर्विरोध निर्वाचित भएका छन् । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिर प्रताप ज.व राणा र कृष्ण प्रसाद ज्ञवाली तथा सर्वसाधारण सेयरधनीको तर्फबाट महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
साथै नव निर्वाचित सञ्चालक ४ जना र यस अघि नियुक्त हुनु भएका स्वतन्त्र सञ्चालक प्राडा गणेश कुमार पाठकसहित ५ जनाको सञ्चालक समिति गठन भएको छ।