×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जना पक्राउ (भिडियोसहित)

PRIME CA

भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जना पक्राउ (भिडियोसहित)

१ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले नक्कली डलर र नक्कली सुनलाई सक्कली भन्दै लुटपाटमा संलग्न रहेका सिन्धुपाल्चोक बाह्रविशेका जितबहादुर तामाङ र रामबहादुर तामाङलाई पक्राउ गरिएको जानकारी गराएको हो । काठमाडौंको थलीमा ८ लाख, कपनमा ७ लाख ठगी गरि भागेका उनीहरुलाई १५ लाख ठगी गर्न लागेको अवस्थामा आज बिहान भक्तपुरको साँगाबाट पक्राउ गरि कार्वाही प्रक्रियालाई अघि बढाइएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।
पक्राउ परेका उनीहरुले काठमाडौंको नयाँ बसपार्क, बौद्ध क्षेत्रलाई मुख्य आधार क्षेत्र बनाई लुटपाट गर्दै आएको पनि प्रहरीले जनाएको छ । हेर्नुहोस् भिडियो : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: