NABIL AD
Civil Bank

नवलपूरको कावासोतीमा महालक्ष्मी विकास बैंकको शाखा विस्तार, नगर प्रमुख चन्द्रकुमारी पुनद्वारा उद्घाटन

GARIMA BANK AD
 कावासोती

काठमाडौँ – महालक्ष्मी विकास बैंकले नवलपुरको कावासोतीमा नयाँ शाखा विस्तार गरेको छ । कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले शाखा उद्घाटन गरेकी हुन् ।
शाखा उद्घाटन समारोहमा बोल्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य रहेको बताए । उनले महालक्ष्मी विकास बैंकले ग्राहक हितलाई मध्यनजर गर्दै वचत परिचालन योजना कार्यान्वयन अन्तर्गत उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आइरहेको जानकारी दिए । बैंकले शाखा खोलिएका क्षेत्रमा सामाजिक हितका कार्यहरु पनि निरन्तर रुपमा गर्दै आइरहेको र आगामी दिनमा अझ प्रभावकारी कार्यहरु गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।
देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या चार लाख ५० हजार भन्दा बढी रहेको छ ।
Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal