Skip to content
LAXMI SUNRISE BANK

जापानमा पहिलो पटक नेपाल महोत्सव हुँदै (भिडियो रिपोर्ट)

अर्थ सरोकार

काठमाडौँ – नेपाल भ्रमण बर्ष २०२० लाई सहयोग पुर्याउने उद्देश्य साथ जापानको नागोयामा नेपाल महोत्सव २०१९ गर्न लागिएको छ । जापानको नागोयामा बसोबास गर्दे आएका नेपालीहरुको सक्रियतामा नेपाल महोत्सव गर्न लागिएको हो । महोत्सवले दुईदेशबीच सम्बन्ध थप प्रगाढ़ बनाउनुको साथै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने विश्वास आयोजकले लिएको छ । नेपाली कला संस्कृति, परम्परागत झाँकीहरू, रहनसहन, खाना, गीत संगीत लगायत रहने महोत्सवबाट समग्र नेपालको विशेषता दर्शाउदै भ्रमण बर्ष २०२० मा जापानीज नागरिकलाई निमन्त्रण गर्नु नै मुख्य लक्ष्य रहेको संयोजक पारसमणि पोखरेलले बताउनुभयो ।
जापानस्थित नेपाली दुतावास र एनआरएनएन नागोयात्रको सयुक्त आयोजनामा हुन लागेको महोत्सवमा नागोयामा क्रियाशील नेपाली संघसस्थाहरु सह–आयोजकको रुपमा सहभागी हुदैछन् । महोत्सव साकाय स्थित हिसाय दोहोरी पार्कमा यही जून १५ र १६ तारिकका दिन हुनेछ । हेर्नुहोस् भिडियो:
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK