
रौतहट- रौतहटमा मेयर कुटिएका छन् । रौतहटको राजपुर फरदहवा नगरपालिकाका मेयरलाई स्थानिय एक यूवकले मंगलबार राति पर्व मनाउने क्रममा चन्दा रकम मागेको जति नभएको भन्दै आक्रमण गरेका हुन् । मेयर शेख सकिललाई गाउँकै शेख नेषादले टर्चलाईटले प्रहार गरेका हुन् । उनको आँखा र नाकामा चोट लागेको छ । घटनाको सूचना पाए लगत्तै सुरक्षाकर्मी मस्जिद पुगेको जिल्ला प्रहरीका डिएसपी नविन कार्कीले बताए ।
मेयर सकिलले सुनियोजित तरिकाले आफू माथि आक्रमण भएको बताएका छन् । ‘चन्दा एउटा बाहना मात्र हो,’ उनले भने, ‘पुरानो रिसइबि साध्न आक्रमण गरेको हो । घट्नामा संलग्नलाई कडा कारबाही हुनुपर्छ ।’ उनले भनेका छन् ।
‘हामिले मेयर माथि आक्रमण गर्नेको ब्यापक खोजतलास गरिरहेका छौं,’जिल्ला प्रहरीका डिएसपी नविन कार्की, ‘चाँडै फेला पर्छ । उनलाई कानुन अनुसार कारवाही हुन्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्