काठमाडौं – ङादी ग्रुप पावरले आथिक वर्ष २०७५/७६ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीको खुद नाफा ३.५३%ले वृद्धि गरी ४ करोड १६ लाख ९३ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसले ४ करोड २३ लाख २० हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको सञ्चालन नाफा २.४३% ले घटेर ९ करोड १७ लाख २० हजार रुपैयाँमा आएको छ । गत वर्षको यसै अवधिमा कम्पनीले ९ करोड ४० लाख ६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी पनि ३.०१% ले घटेर १० करोड ६६ लाख ५२ हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको यसै अवधिमा ङादीले १० करोड ९९ लाख ७१ हजार रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको थियो । ङादीको प्रतिसेयर आम्दानी ३८ पैसाले घटेर १० रुपैयाँ ३८ पैसामा आएको छ । गत वर्ष प्रतिसेयर आम्दानी १० रुपैयाँ ७६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १०८ रुपैयाँ ४४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्