×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकमा निरज श्रेष्ठको नियुक्तिलाई लिएर लफडा, श्रेष्ठको क्षमतामाथि प्रश्न उठाउँदै निस्केका थिए सञ्चालक !

काठमाडौँ । सञ्चालक समितिको प्रेसर थेग्न नसकेर माछापुच्छ्रे बैंक छोडेका निरज श्रेष्ठले विभिन्न प्रयासपछि सनराइज बैंकमा बल्ल-बल्ल जागिर पाए । बैंकको सञ्चालक समितिले उनलाई ४ बर्षका लागि नियुक्त गर्यो । तर श्रेष्ठलाई नियुक्त गर्ने विषयलाई लिएर बैंकको सञ्चालक समितिमा ठुलै रडाको मच्चिएको खुलासा भएको छ । यसले श्रेष्ठलाई एकातर्फ मनोबैज्ञानिक प्रेसर पर्ने देखिएको छ भने अर्कोतर्फ सञ्चालक समितिमा व्यक्तिलाई लिएर असन्तुष्टि चुलिएसँगै उनलाई काम गर्नसमेत असहज हुने देखिएको छ ।
सीईओ नियुक्त गर्न गत बुधबार बसेकाे सञ्चालक समितिको बैठकमा बैंकका सञ्चालक शैलेन्द्र गुरागाई बैठकको बीचमै उठेर निस्केको तथ्य बाहिर आएको छ । ‘निरज त हुँदै हुँदैन’ भन्दै निरज श्रेष्ठको कार्यसम्पादन क्षमता र अस्थिरताबारे प्रश्नसमेत उठाएर उनी बैठकबारे बाहिरिएका थिए । 
सीईओ छनौट समितिमा आफूलाई वाइपास गरेर नाम बोर्डमा ल्याएको भन्दै उनी असन्तुष्ट भएका हुन् । सीईओ छनौट समितिमा मालचन्द दुगड, बच्चराज तातेल, शैलेन्द्र गुरागाई र ओमकृष्ण जोशी रहेकोमा गुरागाईंको सहमति बिना र मालचन्द दुगडको अनुपस्थितिमा भएको बैंक स्रोतको दावी छ ।
यस विषयमा शैलेन्द्र गुरागाइले छनौट समितिमा र संचालक समितिमा पनि बहुमतको आधारमा निर्णय भएको बताएका छन् भने मालचन्द दुगडले आफु उक्त बैठकमा उपस्थित नै नरहेको र सीइओ नियुक्तिमा आफ्नो सहभागीता नरहेको प्रष्ट पारेका छन् । तर बैंक सञ्चालक समितिको अध्यक्ष मोतिलाल दुगडले भने सबैको सहमतिमै सीइओको नियुक्ति भएको बताएका छन् । 
यस्तो छ उनको करियर यात्रा !
तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठ केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेका थिए । त्यहाँ टिक्न नसकेपछि उनले बैंक छोडेका थिए । माछापुछ्रे बैंक छोडेपछि जुन बैंक जान पनि तयार भएका उनी अन्तत: सनराइज बैंकमा सीइओ भएर गएका हुन् । पछिल्लो समय अस्थिर बैंकर र प्रेसर धान्न नसक्ने सीइओका रुपमा परिचित उनी सनराइज बैंकमा पनि टिक्लान भन्ने कुरामा भने धेरैले शंका गरेका छन् ।
यो पनि पढनुहोस् :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: