काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे विशेष पत्रकार सम्मेलन सकिए लगत्तै पत्रकार ऋषि धमलाले प्रधानमन्त्री छेवैमा पुगेर नमस्कार गरे ।
सधैं अरुलाई हमला गर्ने ऋषि धमालालाई प्रधानमन्त्रीले औँला तेस्र्याउँदै भने–‘ तपाईँको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ त्यो क्या हो ?’
प्रधानमन्त्रीको कुरा सुनेपछि धमलाले भने–‘ मैँले त भनेको छैन ।’
प्रधानमन्त्रीले पनि कडा जवाफ दिए, ‘किन भनेको छैन, टिभी हेर्ने यै आँखा हुन् । ’ दुइजनाको संवाद सुनेपछि त्यसपछि हाँस्दै सबै आ–आफ्नो बाटो लागे ।