×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको लघुवित्तले पायो आइपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सबैको लघुवित्तले पायो आइपीओ निष्कासन गर्ने अनुमति, बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल !

Artha Sarokar

१५ असार २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सबैको लघुवित्त वित्तीय संस्थाले ५ लाख ३० हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । संस्थाले उक्त आइपिओ निष्काशन गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । संस्थालाई प्रतिकिता १०० रुपैयाँको दरले ५ करोड ३० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न अनुमति दिएको हो । यो आइपीओमा एनआइबीएल एस क्यापिटलले  बिक्री प्रबन्धकको काम गर्नेछ ।
यस लघुवित्तको आइपीओले ‘ग्रेड ४’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले आइपीओलाई औसत भन्दा कम आधार जनाउने रेटिङ दिएको हो । सबैको लघुवित्तको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ११ करोड २० लाख रुपैयाँ छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी