×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अप्रिलिया स्ट्रोम स्कुटर’ पनि नेपाली बजारमा भित्रियो, साउन अघि किन्दा सस्तो पर्ने (भिडियो रिपोर्ट)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘अप्रिलिया स्ट्रोम स्कुटर’ पनि नेपाली बजारमा भित्रियो, साउन अघि किन्दा सस्तो पर्ने (भिडियो रिपोर्ट)

Artha Sarokar

२३ जेष्ठ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । उच्चस्तरीय इटालियन प्रविधिद्धारा निर्माण गरिएको ‘अप्रिलिया स्ट्रोम स्कुटर’ नेपाली बजारमा पनि भित्रिएको छ । बिहीबार ललितपुरमा एक कार्यक्रममा बीच दुगड ब्रर्दश एन्ड सन्स प्रालिले सो मोडलको स्कुटर पनि नेपाली बजारमा सार्वजनिक गरेको हो । म्याट रातो तथा पहेँलो आकर्षक रङले सजिएको सो स्कुटर उच्च प्रविधियुक्त भएको र त्यसले लामो दुरीको यातायातालाई पनि आरामदायी बनाउने कम्पनीका उपाध्यक्ष विवेक दुगडले जानकारी दिनु भयो । यसमा १२५ सिसीको आधुनिक प्रविधिको थ्रि भल्ब इन्जिन जडान गरिएको पनि कम्पनीले जनाएको छ ।
सो स्कुटरको मूल्य तत्कालका लागि २ लाख २४ हजार ९ सय राखिएको छ । असार मसान्त पछि नयाँ आर्थिक वर्षसँगै स्कुटरको मूल्यमा केही वृद्धि हुने पनि कम्पनीका उपाध्यक्ष दुगडले बताउनुभयो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी