काठमाडौं – सिद्धार्थ बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ दरमा २५ लाख कित्ता ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले निष्काशन गर्ने ऋणपत्रमध्ये १० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ भने बाँकी १५ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बेच्नेछ ।
यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘१०.२५% सिद्धार्थ बैंक डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटले गर्नेछ । यो ऋणपत्रलाई केयर रेटिङ एजेन्सी इक्रा नेपालले मध्यम खालको सुरक्षा जनाउने एलबीबीबी प्लस दिएको छ । पछिल्लो समय बैंकहरुले अतिरिक्त पुँजी परिचालनका लागि ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्