
काठमाडौँ । सनराइज बैंकको नियुक्तिलाई लिएर निरज श्रेष्ठलाई थप तनाव थपिने भएको छ । उनको नियुक्ति रोक्न माग गर्दैैै नेपाल राष्ट्र बैंकमा सञ्चालकले नै निवेदन दर्ता गराएपछि उनलाई थप तनाव थपिने भएको हो । जेठ २२ गते सञ्चालक समितिले श्रेष्ठलाई आगामी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेपछि बोर्ड बैठकको माइन्यूटमा असहमति लेखेका सञ्चालक शैलेन्द्र गुरागाईले राष्ट्र बैंकमा पनि अहमतिपत्रसहितको निवेदन दर्ता गराएका हुन् ।







प्रतिक्रिया दिनुहोस्