
काठमाडौँ – नेपालमा अहिलेसम्म ‘बैंकास्योरेन्स’को कुनै कानुननै बनेको छैन । तर विभिन्न मै हुँ भन्ने बैंक तथा बीमा कम्पनीहरुले हामीले फलानो कम्पनीसँग बैंकास्योरेन्स’ गर्यौं भन्दै हौवा पिटिरहेका छन् भन्ने खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि धेरै कम्पनीहरुले आफुले पठाउने प्रेस रिलिजहरुमा बैंकास्योरेन्स’ शब्द हटाउन थालेका छन् । थोरैले मात्र बुझेको यो कुरालाई धेरैले सुधारेका छन् । धेरै कम्पनीले आफुले पनि बुझ्नमा गल्ती भएको भन्दै हुँदै नभएको बैंकास्योरेन्स’को हौवा पिटाउन छाडिसकेका छन् । तर पछिल्लो समय विभिन्न कारणले विवादमा आएको सनराइज बैंक लिमिटेडले भने विभिन्न बीमा कम्पनीहरुसँग ‘बैंकास्योररेन्स” भएको भन्दै नक्कली प्रचार गरिरहेको छ । पछिल्लो समय रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, लगायतका आधा दर्जन कम्पनीहरुसँगको संस्थागत बीमा एजेन्टको सम्झौता गरेर बैंकले ‘बैंकास्योररेन्स’ गरिएको भन्दै हौवा पिटाएर बैंकले जनताको आँखामा छारो हाल्ने दुष्प्रयास गरेको छ ।

अहँ ! अहिलेसम्म छैन नेपालमा बैंकास्योरेन्सको कानुन !
हो ! अहिलेसम्म नेपालमा यसका लागि कानुन नै बनेको छैन । बैंकहरुलाई बीमा समितिले संस्थागत एजेन्टको रुपमा काम गर्न मात्रै अनुमति दिएको छ । बैंकले गर्ने पनि त्यहि हो । बैंकमार्फत बीमा पोलिसी विक्री गर्ने सम्झौता गरिएको हो कुनै बीमा कम्पनीसँग । बैंक धेरै ठाउँमा पुग्न सक्ने हुनाले यस्तो सम्झौता हुने गरेको छ । तर यो कुनै पनि हालतमा ‘बैंकास्योरेन्स’ होइन । अहिले भइरहेको सम्झौता भनेको बैंकहरुले संस्थागत एजेन्टको लाइसेन्स लिएका हुन्छन् र विभिन्न बीमा कम्पनीहरुको पोलिसी बेच्ने कामको सम्झौता भएको हो । यस्तो सम्झौतापछि सम्झौता भएका बैंकले सम्झौता भएका बीमा कम्पनीहरुको पोलिसी आफ्ना ग्राहकहरुलाई बेच्ने गरेका छन् । यसले बैंक र बीमा कम्पनी दुबैलाई सजिलो हुने विश्वास दुवै पक्षले गर्छन् । तर यो ‘बैंकास्योरेन्स’ होइन । यी बैंकहरुले ‘बैंकास्योरेन्स’का लागि कुनै पनि इजाजत लिएका छैनन् । कतिले नबुझेर, कतिले नजानेर, कतिले कम ज्ञान भएर त कतिले बढी जान्ने भएर यस्तो सम्झौतालाई ‘बैंकास्योरेन्स’ भनिरहेका छन् । तर यो तथ्य बाहिर आइसकेपछि पनि सनराइज बैंकले ‘हामीभन्दा जान्ने को नै छ र ?’ भन्ने शैलीमा बैंकास्योरेन्सको हौवा पिटाउने काम गरेको छ ।

के भन्छ बीमा समिति ?
यस विषयमा बुझ्न हामीले बीमा समितिमा सम्पर्क गरेका थियौं । बीमा समितिका कार्यकारी निर्देशक राजुरमन पौडेलका अनुसार बैंकसँग संस्थागत अभिकर्ताको सम्झौता गरेर त्यसलाई बैंकास्योरेन्स भनी प्रचार गर्न नमिल्ने वा त्यसलाई ‘बैंकास्योरेन्स’ भन्नै नमिल्ने दावी गर्छन् । ‘अहिलेसम्म नेपालमा ‘बैंकास्योरेन्स’को इजाजत कसैलाई पनि छैन । त्यससम्बन्धि कानुन पनि अझैसम्म प्रचलनमा छैन । नबुझेर सबैले ‘बैंकास्योरेन्स’ भनी प्रचार प्रसार गरिएको पाइएको छ ।’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै उनले भने, ‘बैंकास्योरेन्स भनेको बैंकले नै आफ्ना ऋणी तथा सेवाग्राहीलाईमात्रै लक्षित गरेर ल्याईने छुट्टै सेवा हो । यो प्रचलन नै नेपालमा अहिले छैन । यसका लागि बैंकले छुट्टै लाइसेन्स नै लिनुपर्छ बीमाको नियामकसँग । हाल बैंक र बीमा कम्पनीबीच भएको सम्झौता इन्स्योरेन्स कम्पनीले बैंकलाई प्रदान गरेको संस्थागत एजेन्ट मात्र हो । बरु कुरा के चाहिं हो भने बीमा समितिले बैंकास्योरेन्स सम्बन्धी इजाजत दिनका लागि भर्खरै मात्र सो सम्बन्धी मस्यौदा तयार पारेको छ । यसको मतलव अहिले कानुनमा कुनै पनि व्यवस्था नभएको ‘बैंकास्योरेन्स’को परिकल्पना अव आउने कानुनहरुले गर्नेछन् । उक्त मस्यौदा पारित भएको खण्डमा बीमा समितिले बैंकहरुलाई बैंकास्योरेन्सको ईजाजत दिन सक्छ । तर अहिले बीमा समितिले नै इजाजत दिन मिल्नेगरी कानुन नभएको अवस्थामा बैंकहरुले भने हामीले ‘बैंकास्योरेन्स’ गर्यौं भनेर हौवा पिटाइरहेका छन् ।’
यो पनि पढ्नुहोस् :
यी सामाग्री छुटे कि ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्