×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘त्यो दिन सीइओ नियुक्ति गर्ने एजेन्डा नै थिएन, बहुमतको बल देखाएर कतै पनि नरुचाइएको व्यक्तिलाई नियुक्त गरियो’

अर्थ सरोकार

प्रकाशित मिति : २८ जेष्ठ २०७६, मंगलवार

PRIME CA

‘त्यो दिन सीइओ नियुक्ति गर्ने एजेन्डा नै थिएन, बहुमतको बल देखाएर कतै पनि नरुचाइएको व्यक्तिलाई नियुक्त गरियो’

काठमाडौँ । सनराइज बैंकमा सीइओ नियुक्तिलाई लिएर तीब्र विवाद देखिएको छ । यसले श्रेष्ठलाई एकातर्फ मनोबैज्ञानिक प्रेसर पर्ने देखिएको छ भने अर्कोतर्फ सञ्चालक समितिमा व्यक्तिलाई लिएर असन्तुष्टि चुलिएसँगै उनलाई काम गर्नसमेत असहज हुने देखिएको छ । अर्कोतर्फ आफुलाई ठिक नलागेको व्यक्ति सीइओ हुँदा सञ्चालकलाई समेत असहज हुने पक्का छ । विशेषगरी बैंकका सञ्चालक शैलेन्द्र गुरागाईंले निरज श्रेष्ठलाई सीइओ नियुक्ति गर्ने विषयमा असहमति जनाएका हुन् । आजको अंकमा हामीले उनै सञ्चालक गुरागाईंसँग यस विषयमा कुराकानी गरेका छौँ ।
१. तपाईं सीइओ नियुक्तिका विषयमा असन्तुष्ट हुनुहुन्छ भन्ने कुरा आयो नि ! कुरा के हो ?
हो ! म यस विषयमा असन्तुष्ट भएकै हो ।
२. निरज श्रेष्ठजीको विषयमा खासमा के कुरामा असन्तुष्टि हो तपाईंको ?
उहाँ (निरज श्रेष्ठ) तीनै ठाउँमा नरुचाइएको व्यक्ति हो । तीनै बैंकहरुमा उहाँ नरुचाइएपछि निस्किनुभएको हो । उहाँमा अस्थिरताको पनि समस्या छ । त्यसमाथि पनि यस विषयमा पर्याप्त रुपमा छलफल नै भएको थिएन । छलफल नै नगरी सिधै उहाँलाई सीइओ नियुक्त गरियो । मेरो असन्तुष्टि यहीं हो ।
३. छनोट समितिमै भएको मान्छेले छलफल भएन भन्न मिल्छ र ? तपाईं पनि छनोट समितिमा हुनहुन्थ्यो नि ! होइन र ?
खै ? त्यो त मलाई थाहा ठ्याक्कै भएन । हो भन्ने कि, होइन भन्ने कि ! कोहि हो भन्छन्, कोहि होइन भन्छन् । माइन्यूट गरिएको थिएन । त्यसैले हो भन्न पनि त मिलेन । तर छलफल पर्याप्त नभएकोचाहिं हो । त्यसमाथि पनि मेजर सेयरहोल्डरको प्रतिनिधि दाइ मालचन्द दुगड बाहिर भएका बेलामा यसरी निर्णय गरिनुमा मेरो असहमति हो ।
४. बोर्ड बैठकमा पनि त छलफल त भयो होला नि राम्रैसँग ?
भएन । त्यो दिन बोर्ड बैठकको एजेन्डामा सीइओ नियुक्ति गर्ने कुरै थिएन । सीइओ नियुक्ति गर्नेबारे छलफल भनिएको थियो । छलफल भनेर सिधै निर्णय गराइयो । मेरो कुरा सुनिएन । अनुपस्थित सञ्चालक (मालचन्द दुगड )को उपस्थिति आवश्यक थियो कि थिएन भन्ने बुझिएन । सिधै निर्णय गरियो ।
५. भनेको त्यो दिन सीइओ नियुक्त गर्ने भन्ने एजेन्डा नै थिएन ?
थिएन । छलफल गर्ने भन्नेमात्र थियो ।  पर्याप्त छलफल हुनै पाएन । 
५. आखिर निर्णय त भयो नि त !
बहुमतले निर्णय गर्न पाउँछ । उहाँहरुले जवरजस्त त्यहि गर्नुभयो । बहुमतको बल देखाउनुभयो । 
यो पनि पढ्नुहोस् :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: