×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्रेसर थेग्न नसकेर माछापुच्छ्रे बैंक छोडेका निरज श्रेष्ठ बने सनराइज बैंकका सीइओ ! कार्यकाल पूरा गर्नेमा महा-शंका !

काठमाडौँ । सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतमा निरज श्रेष्ठ नियुक्त भएका छन्। बैंकको बुधबार बसेको सञ्चालक समितिले उनलाई चार बर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरेको हो । माछापुच्छ्रे बैंकमा प्रेसर थेग्न नसकेपछि निस्किएका उनी जुन बैंकमा जान पनि तयार भएर बसेका थिए । यसैबीच उनले बैंक अफ काठमाडौँ, ग्लोबल आइएमइ बैंक लगायतका बैंकमा पनि सीइओ बन्न कोशिस गरेका थिए ।  
यस्तो छ उनको करियर यात्रा !
तात्कालिन ग्रिनलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकबाट सन् १९८९ मा बैंकिङ करियर सुरु गरेका श्रेष्ठ केहि समय ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा पनि काम गरेका थिए । त्यहाँ टिक्न नसकेपछि उनले बैंक छोडेका थिए । माछापुछ्रे बैंक छोडेपछि जुन बैंक जान पनि तयार भएका उनी अन्तत: सनराइज बैंकमा सीइओ भएर गएका हुन् । पछिल्लो समय अस्थिर बैंकर र प्रेसर धान्न नसक्ने सीइओका रुपमा परिचित उनी सनराइज बैंकमा पनि टिक्लान भन्ने कुरामा भने धेरैले शंका गरेका छन् ।

जनक शर्मा र अनुजमणि जिल्लाराम !
यसो त सनराइज बैंकमा जनक शर्मा पौड्याल र अनुजमणि तिमिल्सीनाको समेत कुरा चलेको थियो । तर ग्लोबल आइएमइ बैंकमा सञ्चालक समितिको प्रेसर धान्न नसकेर बैंक छोडेका पौड्याल सहज अवस्था भएको स्थितिमा बाहेक बैंकको जिम्मेवारी नलिने भएपछि श्रेष्ठले सीइओ पदमा बाजी मारेका हुन् । यता अनुजमणि तिमिल्सीनाको भने जोड नै नचलेको बुझिएको छ । 

यो पनि पढ्नुहोस्

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: