रिमाइन्डर :
कम्पनी : सूर्या लाइफ इन्स्योरेन्स कम्पनी
लाभांश : १२% बोनस
बुक क्लोज : जेठ २८ गतेदेखि असार ४ गतेसम्म
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : सोमबार, जेठ २७ गते
विशेष साधारण सभा : असार ११ गते
विवरण :
सूर्या लाइफ इन्स्योरेन्सको १२% बोनस सेयर सुरक्षित गर्न सोमबार (जेठ २७ गते) भित्र सेयरधनी बनिसक्नुपर्ने भएको छ । सूर्या लाइफले असार ११ गते साधारण सभा गर्न जेठ २८ गतेदेखि असार ४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । यसर्थ, बुक क्लोज भन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीले मात्र प्रस्तावित बोनस पाउन सक्नेछन् ।
पेस हुने प्रस्तावहरु :
१२% बोनस सेयर दिने
लेखापरीक्षण प्रतिवेदन पारित गर्ने,
नाफा नोक्सान हिसाबकिताबका सम्बन्धमा छलफल गर्ने
सभा हुने स्थान र समय :
होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग, बिराटनगरमा बिहान ११ बजे