×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक्सपर्ट एजुकेसनले प्रायोजन गरेको प्रधानमन्त्री कप क्रिकेटको पुरस्कारमा ठगिए खेलाडी, घोषित पुरस्कार दिईएन !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

एक्सपर्ट एजुकेसनले प्रायोजन गरेको प्रधानमन्त्री कप क्रिकेटको पुरस्कारमा ठगिए खेलाडी, घोषित पुरस्कार दिईएन !

Artha Sarokar

२६ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको पुरस्कारमा खेलाडी ठगिएका छन् । सरकार नै आयोजक रहेको यो प्रतियोगितामा मोटरसाइकल पाउनुपर्ने खेलाडीले ५० हजार र ५० हजार पाउनुपर्ने खेलाडीले ३० हजार मात्रै पुरस्कार पाएपछि ठगीको यस्तो रहस्य बाहिरिएको हो ।
नेपालय इन्टरनेसनलको व्यवस्थापनमा भएको प्रतियोगितामा खेलाडीहरु यसरी ठगिएका हुन् । तर मोटरसाइकल घोषणा गरिएको भएपनि व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट घोषित नेपाल पुलिसका खेलाडी ललितनारायण राजवंशीलाई शनिबार नगद ५० हजार दिएर टारिएको छ  भने उत्कृष्ट ब्याट्सम्यान र बलरलाई ५० हजार नगद घोषणा गरिएकोमा ३० हजार रुपैयाँ मात्र दिएर आयोजकले नै खेलाडीलाई ठगेको छ । १० जेठदेखि शनिबारसम्म मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरू भएका थिए । केहि समय अगाडी पत्रकार सम्मेलन गरेर नेपालयले पुरस्कार घोषणा गरेका थिए । 
सर्वोत्कृष्ट हुँदा निकै खुसी थिएँ । तर, जब पहिले घोषणा गरिएको मोटरसाइकलको सट्टा ५० हजार नगदले पुरस्कृत गरियो, म अचम्ममा परेँ ।’ पुरस्कारमा ठगिएका सर्वोत्कृष्ट खेलाडी ललितनारायण राजवंशीले भने । यता सदस्यसचिव केशव कुमार विष्टले भने घोषणा गरेको पुरस्कार नदिने र गल्ती गर्नेलाई कारबाही गर्ने बताएका छन् । ‘कसैले खेलाडी ठग्छ भने पनि हामीलाई स्विकार्य छैन । गल्ती कहाँबाट भयो बुझ्छौँ ।’ उनले भने ।
फेरि विवादमा मुछियो एक्स्पर्ट !
यसअघि अष्ट्रेलियामा पठाइएका विद्यार्थीहरुलाई ठगेको भन्दै विवादमा आएको एक्स्पर्ट एजुकेसन फेरि विवादमा फसेको छ । प्रधानमन्त्रीको नाम जोडिने बित्तिकै आयोजकको सक्षमता नहेरी प्रायोजन गरिहाल्ने गरेकाले एक्स्पर्ट फसेको जानकारहरु बताउँछन् । यहि विषयलाई लिएर सामाजिक सञ्जालमा समेत एक्स्पर्टको चर्चा भइरहेको छ । ‘विद्यार्थीलाइ ठग्ने गरेको सुनिएको थियो । अहिले एक्स्पर्टले प्रायोजन गरेको कार्यक्रममा त खेलाडीसमेत ठगिएछन् ।’ भन्दै सामाजिक संजालमा एक्स्पर्टको आलोचना भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी