×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केहि समयअघिसम्म क्यान्टिनमा कुहिएको खानेकुरा खुवाइन्थ्यो ट्रिनिटी कलेजमा, अहिलेको अवस्था के छ ?

PRIME CA

केहि समयअघिसम्म क्यान्टिनमा कुहिएको खानेकुरा खुवाइन्थ्यो ट्रिनिटी कलेजमा, अहिलेको अवस्था के छ ?

१३ असार २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – काठमाडौँको एक चर्चित कलेज, ट्रिनिटी इन्टरनेशनल कलेजको क्यान्टिन निकै फोहोर रहेको र फोहोर क्यान्टिनमा कुहिएका खाने कुराहरु राखिएको खुलासा केहि समय अघिमात्र भएको थियो । बजार अनुगमन टोलीले जारी गरेको प्रेस बिज्ञप्ति नै जारी गरेर उक्कत कलेजको क्यान्टिन निकै फोहोर रहेको फेला परेको बताएको थियो । आपूर्ति व्यवस्थापन विभागबाट गएको टोलीले कलेजको क्यान्टिनको अवस्था यस्तो भेट्टाएको हो । कलेजको क्यान्टिनमा केहि समय अगाडी सिल गरी थप कारवाही अगाडी बढाइएको थियो । तर थोरै जरिवानापछी कलेजलाई उन्मुक्ति दिइएको थियो ।

हेर्नुहोस् केहि समय अघि आपूर्ति मन्त्रालयले जारी गरेको प्रेस बिज्ञप्ति 

अहिलेको अवस्था के छ ?
अहिलेको अवस्था के छ त ? हामीले कलेजमा फोन गर्यौँ । कलेजका प्रतिनिधिले कलेजको क्यान्टिनमा स्वास्थबर्धक खाने कुरा खुवाइने गरेको दावी गरे । ‘एक पटक इस्यू आएको थियो । अहिले सबै ठिक छ ।’ ती प्रतिनिधिले भने । उनका अनुसार कलेजमा क्यान्टिन चलाउने व्यक्ति नै परिवर्तन भइसकेका छन् । यता विद्यार्थीहरुले भने कलेजको खाने कुरा अझै पनि अस्वस्थ हुनेगरेको आरोप लगाईरहेका छन् ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: