काठमाडौं – आँधिखोला लघुवित्त वित्तीय संस्थाको आइपीओको नतिजा सार्वजनिक भएको छ । विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले आज एक कार्यक्रमकाबीच आइपीओको नतिजा सार्वजनिक गरेको हो ।
आँधिखोला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता आइपीओ सोमबार बाँडफाँट गरेको हो । बाँडफाँट भएको आइपिओमा ३७ हजार ५०० जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेको छ । संस्थाको आईपीओमा कुल३ लाख ४१३ जनाको आवेदन परेकोमा ५७९ जनाको आवेदन रद्द भएको छ ।