Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्सको ‘सिएसआर’: श्री मंगल माध्यमिक विद्यालयलाई शैक्षिक सामाग्री वितरण

अर्थ सरोकार

काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत असार २३ गतेका दिन श्री मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौंलाई अजोड इन्स्योरेन्स लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाबाट शैक्षिक सामाग्री वितरण गरियो । 
उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक गोविन्द प्रसाद ढकाल र बरिष्ठ सहायक उषा बस्नेत समेतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नू भएकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो सहयोगको अपेक्षा राखेको बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK