×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको छ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको छ : अर्थमन्त्री खतिवडा (भिडियो रिपोर्ट)

१९ असार २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले गैरसरकारी संस्थाहरुलाई जवाफदेही बनाउन चाहेको स्पष्ट पार्नु भएको छ । अर्थमन्त्री खतिवडाले गैर सरकारी संस्थाहरुलाई जवाफदेही बनाउन संघ, प्रदेश र स्थानीय तहमा अनुमति लिएर मात्रै काम गर्ने नीतिगत व्यवस्था गरेको पनि स्पष्ट पार्नुभयो । बिहीबारबाट ललितपुरमा सुरु भएको ‘सार्वजनिक नीति र प्रशासनमा दक्षिण एशीया’ विषयक तेस्रो अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले संघीयतालाई सफल बनाउन तीन वटै तहका सरकारले निजी क्षेत्रसँगको सहकार्यलाई जोड दिएको पनि बताउनुभयो । अर्थमन्त्री खतिवडाले संघीयता मुलुकका लागि नयाँ अभ्यास भएपनि त्यसलाई सफल बनाउन सरकारले प्रदेश र स्थानीय तहमा पनि अनुमति लिएर गैर सरकारी संस्थाहरुले पनि काम गर्न पाउने नीतिगत व्यवस्था गरेको पनि स्मरण गराउनुभयो ।
अर्थमन्त्री खतिवडाले संविधानले शिक्षा, स्वास्थ्य, शुद्ध खानेपानीलगायतलाई मौलिक हकमा राखेकाले त्यसलाई कार्वान्वयनमा लैजान नीति क्षेत्र र गैर सरकारी संस्थाहरुले पनि महत्वपूर्ण योगदान दिन सक्ने पनि बताउनु भयो । दुई दिनसम्म चल्ने सम्मेलनले दक्षिण एशीयाली राष्ट्रहरुबीच सार्वजनिक नीति र प्रशासनमा साझा धारणा तय गर्न सघाउन पु¥याउने विश्वास गरिएको छ । हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: