×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति काँग्रेस सांसदको आपत्ति (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रति काँग्रेस सांसदको आपत्ति (भिडियो रिपोर्ट)

१८ असार २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद बहादुरसिंह लामाले सरकारले ल्याएको ‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा समावेश गरिएका सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न माग गर्नु भएको छ । बुधबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उहाँले संविधान प्रतिकूल हुनेगरी आएको सामाजिक संजालसम्बन्धि सबै प्रावधान खारेज गर्न सरकारसँग माग गर्नु भएको हो ।

समितिको बैठकमा सांसद लामाले सामाजिक संजालमार्फत् अभिव्यक्ति स्वतन्त्रतालाई प्रतिबन्ध लगाउने गरी आएको सो विधेयक मान्य नहुने चेतावनी दिँदै फरक मत पनि पेश गर्नु भएको छ । संविधानको विरुद्धमा हुने गरी सामाजिक संजाल फेसबुक लगायतमाथि प्रतिबन्ध लगाउने गरी आएको सो विधेयकमा सहमति जनाउन नसकिने भएकाले समितिमा आफूले फरक मत पेश गर्नु परेको सांसद लामाको भनाई छ । सांसद लामाले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई समेत हनन् हुने गरी संविधान विरोधी सो विधेयक मान्य नहुने चेतावनी पनि दिनुभयो ।

यता, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भने सामाजिक संजालको दुरुपयोग हुने गरेको उल्लेख गर्दै त्यसलाई सरकारले नियन्त्रण गरेर जान उपयुक्त हुने धारणा राख्नु भएको थियो । उहाँले आफूलाई नसोधी रतन्धो रोगी भएको समाचार सम्प्रेषण गरेको उल्लेख गर्दै यस ढंगले गलत समाचार सम्प्रेषण गर्नेहरुलाई नियन्त्रण गर्न सरकारले कानुन बनाउन आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका खनालले सामाजिक संजालको दुरुपयोग हुने क्रममा बढेकाले त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको पनि बताउनुभयो ।
बैठकमा समितिका सदस्यहरुले विवादमा तानिएको सो विधेयक व्यापक परामर्श गरेर मात्रै पारित गर्नुपर्ने धारणा पनि राखेका थिए ।हेर्नुहोस् भिडियो:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: