
काठमाडौं । आफ्ना नेता कार्यकर्तामाथिको सरकारले व्यापक दमन गरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बुधबार काठमाडौँ उपत्यकासहित १५ जिल्ला बन्द आव्हान गरेको छ । विशेषगरी पार्टीका शक्तिशाली नेता तथा उपत्यका ब्युरो इन्चार्जसमेत रहेका माइला लामा गिरफ्तार भएपछि विप्लव नेतृत्वको पार्टीले बन्दको आव्हान गरेको हो । पार्टीले निकालेको विज्ञप्ति अनुसार १५ गते बुधबार उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरसहित रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखा बन्दको आह्वान गरिएको छ ।
कस्तो छ प्रभाव ?
बन्दको अघिल्लो दिन नै ठाउँ-ठाउँमा मसाल जुलुस निकालिएकाले बुधबार विहान बन्दको प्रभाव देखिएको छ । विशेषगरी बन्दलाई केहि भव्य बनाउने उद्देशका साथ पार्टीले जिल्ला तोकेर बन्द गरेका हुनाले पनि बन्दको प्रभाव थप देखिएको छ । बुधबार काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, धादिङ, नुवाकोट, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, बारा, पर्सा, रौतहट, चितवन, मकवानपुर, रामेछाप र दोलखासमेतमा शैक्षिक संस्थाहरु पूर्ण रुपमा चलेका छन् । सबैजसो स्थानमा सार्वजनिक यातायातहरु कम गुडेका छन् ।
बन्दकै पूर्वसन्ध्यामा काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको प्रहरीले पुष्टी गरेको छ । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले पुष्टि गरेका छन् । यता बन्दको पूर्व सन्ध्यामा मंगलबार राति पार्टीका कार्यकर्ताहरुले झापाको भद्रपुर र दमकस्थित एनसेलका दुईवटाटावरमा आगजनीको प्रयास भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिएका छन्।
विप्लव नेतृत्वको नेकपाका काठमाडौँ उपत्यका ब्युरो इन्चार्ज माइला लामाको यो अन्तर्वार्ता हेर्नुहोस् जसलाई पक्राउ गर्नु आजको बन्दको मुख्य कारण रहेको पार्टीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्