
काठमाडौं । के तपाईं ऋण लिने सोचमा हुनुहुन्छ ? यदी हुनुहुन्छ भने प्रक्रिया अगाडी बढाईहाल्नुहोस् । किनकि यो बेला बैंकले तपाईंलाई पैसा दिने सम्भावना अधिक छ । केहि समय कुर्नुभयो भने फेरि तपाईंलाई बैंकले भनेजति पैसा नदिन सक्छ।
सरकारी खर्च बढेपछि वाणिज्य बैंकहरुमा लगानी योग्य रकम पनि बढेसँगै यस्तो स्थिति आएको हो । सरकारले असार मसान्तमा बढाएको सरकारी खर्चको कारण यस्तो अवस्था आएको हो । बिगत लामो समयदेखि बैंकहरुमा लगानी योग्य रकमको कमी हुँदै आएको थियो ।
पछिल्लो तथ्यांकअनुसार बैंकहरुको असारमसान्तसम्मा निक्षेप २८ खर्ब कटेको छ । सरकारी खर्च बढेका कारण धेरैजसो बैंकहरुको कर्जा निक्षेप अनुपात (सिसिडी) पनि सहज अवस्थामा पुगेको छ ।
यद्यपी यो सहजता लामो समय नटिक्ने देखिन्छ । ऋणको माग अत्याधिक भएकाले यस्तो सहज अवस्था झन्डै एक महिनालाई मात्र हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्